Badikedar Khabar

गाउँपालिकाले बढायो कर्मचारीको तलब

डोटी,   बडीकेदार गाउँपािलकाले गाउँपालिका अन्र्तगतका बिद्यालयमा विभिन्न पदमा कार्यरत कर्मचारीको तलब भत्ता बढाएको छ ।

गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समिति संयोजक कृष्ण बहादुर चन्दको अध्यक्षतामा आईतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

कर्मचारीकाहरुले गरेको कामको कदर गर्दै कर्मचारीहरुको नेपाल सरकाले घोषणा गरेअनुरुप बिद्यालयमा विभिन्न पदमा कार्यरत कर्मचारीहरुको तलब बृद्धी गरिएको गाउँपािलकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए ।

गाउँपालिका अन्र्तगत बिभिन्न पदमा न्यून पारिश्रमीकमा काम गरिरहेका बालिबिकास सहजकर्ता, कार्यालय सहयोगी र लेखापालहरुको तलब बृद्धी गरिएको गाँउपालिकाले जनाएको छ ।

गाउँपालिकाले दिएको जानकारी अनुसार बालबिकास सहजकर्ताको प्रोत्साहन भत्ता बाफत नेपाल सरकारको ८ हजारका दरले दिने घोषणा संगै गाउँपालिकाले पनि थप ७ हजार तलब बृद्धी गर्दै १५ हजार दिने निर्णय गरेको छ ।

गाउँपालिका शिक्षा समितिले गरेको निर्णय अनुसार जानकारी अनुसार कक्षा १ देखि ३ सम्मका बिद्यालयमा कार्यरत कार्यालय सहयोगीलाई नेपाल सरकारको तर्फबाट ८ हजारमा गाउँपािलकाले ५ हजार थप्दै १३ हजार पुर्याएको छ । त्यस्तै १ देखि ५ सम्मका बिद्यालयमा कार्यरत कार्यालय सहयोगीलाई नेपाल सरकारको तर्फबाट ८ हजारमा गाउँपािलकाले ५ हजार ५ सय थप्दै १३ हजार पाचँ सया पुर्याएको छ । त्यस्तै १ देखि ८ सम्मका बिद्यालयमा कार्यरत कार्यालय सहयोगिलाई नेपाल सरकारको तर्फबाट ८ हजारमा गाउँपालिकाले ६ हजार थप्दै १४ हजार पुर्याएको छ भने कक्षा १ देखि १० सम्मका बिद्यालयमा कार्यरत कार्यालय सहयोगीलाई नेपाल सरकारको तर्फबाट ८ हजारमा गाउँपालिकाले ६ हजार ५ सय थप्दै १४ हजार ५ सय पुर्याएको छ र कक्षा १ देखि १२ सम्मका बिद्यालयमा कार्यरत कार्यालय सहयोगिलाई नेपाल सरकारको तर्फबाट ८ हजारमा गाउँपािलकाले ७ हजार थप्दै १५ हजार पुर्याएको गाउँपालिकाले जानकारी लिएको छ ।

गाउँपालिकाले बिद्यालयमा कार्यरत लेखापालहरुको पनि तलब बृद्धी गरेको छ । नेपाल सरकारको तर्फबाट १३ हजार ५ सयमा गाउँपािलकाले ६ हजार ५ सय थप्दै २० हजार पुर्याएको शिक्षा शाखाले जनाएको छ । साथै गाउँपालिकाले गाउँपालिका बाट तलब भत्ता दिनेगरी द्धबन्दी स्थापना गरी १देखी ८ सम्मका कारार शिक्षक लाई १८ हजार दिदै आएकोमा हाल गाउँपालिका ले २ हजार थप्दै २० हजार पुर्याएको छ । तेस्तै गाउँपालिका बाट १ देखि ५ सम्ममा रहेका करार शिक्षक लाई गापाले १३ हजार ५ सय दिदै आएको मा हाल गाउँपालिकाले ३ हजार थप्दै १६ हजार ५ सय पुर्यााएको छ । तेस्तै ५ वटा बालबिकास स्थापना गरी गाउँपाकिा बाट तलब भत्ता दिनेगरी ९ हजार दीदै आएको गाउँपालिकाले ६ हजार थप्दै १५ हजार दिने र्निणय गरीएको बडीकेदार गाउँपालिका शिक्षा शाखा प्रमुख विवेक देउवाले जानकारी दिनु भयो ।

याे पनि हेर्नुस्
Loading...