Badikedar Khabar

किसानहरु किबि खेती तर्फ आकर्षित

डोटी,    सुदुर पश्चिम प्रदेश सरकारकोले ल्याएको कृषि नितिका कारण डोटीका किसानहरु किबि खेती तर्फ आकर्षित हुन थालेका छन ।

किबि खेतीबाट मनग्य आम्दानी हुन थाले पछि त्यस तर्फ आफुहरुको आकर्षण बढेको किसानहरु बताउछ्न।

आठ बर्ष पहिला परिक्षण का लागि साबिकको जिल्ला बिकास कार्यालय डोटी का तत्कालिन कार्यालय प्रमुखले परिक्षणकालागि केहि बोट दिएको अहिले उक्त फल लटरम फलेको स्थानीय हेम मल्ल ले बताउनुभयो। साथै ब्यबसायिक खेतीमा आफ् लाग्ने र सबैलाइ यो खेती गर्न आग्रहगरे

किबि खेतिका लागि डोटी जिल्ला उपयुक्त रहेको र किसानहरुलाई प्रोत्साहन गर्न कृषि बिकास निर्देशनालय ले सहयोग गरेको छ ।

केहि वर्ष पहिला परिक्षण का लागि सुरु गरेको किबि खेति अहिले प्रसस्त फलेको र सम्भावना पनि राम्रो रहेको कृषि बिकास निर्देशनालय राजपुर डोटीका निर्देशक यज्ञ राज जोशिले बताउनुभयो ‌।

याे पनि हेर्नुस्
Loading...