Badikedar Khabar

नेकपा एमाले कर्मचारीको हकहितको पक्षमा पान्डे

लिलाजङ्ग शाही

नेकपा एमाले श्रमजीवी कर्मचारीको हकहित का निम्ति निरन्तर लागीरहने नेकपा एमाले कैलाली जिल्ला कमिटी का सचिव डेजी पान्डेले आज मोहन्याल ३ फलेबिसौनामा नेपाल निजामती कर्मचारी संगठन मोहन्याल गाउपालिकाको प्रथम अधिवेशनलाई प्रमुख अतिथिको आसन्न बाट बोल्दै उक्त कुरा बताउनुभयो ।

श्रमजीवी रास्ट्सेवक निजामती कर्मचारी आफ्नोले पनि आफ्नो पेशागत दायित्वलाई सक्रिय भइ इमानदारी पुर्वक जिम्मेवारी बहन गर्न आग्रह गर्नु भएको छ। निजामती कर्मचारी हरुको पेशागत हकहित र स्वतन्त्रता लाई कसैले हस्त क्षेप गर्न नहुने समेत सचीव पान्डेले बताउनुभयो ।

बिचार ,आस्था फरक पार्टी भयो भन्दै पुर्वाग्रह ,हस्तक्षेप गरेको गुनासो पार्टी मा आए नेकपा एमाले चुप लागेर नबस्ने सचिव पान्डेले चेतावनी समेत दिनु भएको छ।सम्पुर्ण निजामती कर्मचारी हरु एक जुट हौऔ।संघीयतामा सुशासन सामाजिक सुरक्षा र श्रमको सम्मान ।

राजनीति अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान भन्ने नारा सहित नेपाल निजामती कर्मचारी संगठन मोहन्याल गाउपालिका स्तरीय प्रथम अधिवेशन आज मोहन्याल ३ फलेबिसौनामा अध्यक्षमा खकेन्द्र रावललाई सर्वसहमत चयन गर्दै सम्पन्न भएको छ। जस्को उपाध्यक्षमा हिरा सिह थ्यायत ,सचिव महेन्द् शाही ,कोषयक्ष पबित्रा जैसी ,सदस्यहरुमा दिपक न्यौपाने ,प्रबिन भणडारी ,केशव बजगाइ ,बास्मती बडु,उदय राजी,शिव राज बिक र प्रकाश थापा केशव बजगाइ ,सहित ११ सदस्यीय कार्यसमिति रहेको छ।

दिपेन्द्र बुढाको सभापतितब भएको कार्यक्रममा प्रमुख नेकपा एमाले जिल्ला कमिटी सचिव डेजि पान्डे प्रमुख अतिथी ,वडा नम्बर ७ का वडा अध्यक्ष खर प्रशाद अधिकारी ,बर्दगोरिया १ का वडा अध्यक्ष जयरुप खतिवडा ,ट्रेड युनियन कि उपाध्यक्ष जयकला रावल ले शुभकामना मनतब्य राख्नु भएको थियो ।कार्यक्रमको संचालन अनिल बिक्रम सिहले गर्नु भएको थियो कार्यक्रममा सहभागी अतिथी हरुलाइ स्वागत मनतब्य खकेन्द्र रावलले गर्नु भएको थियो ।।कार्यक्रम ४७ जनाको उपस्थिति रहेको थियो ।

याे पनि हेर्नुस्
Loading...