धनगढी, ३ माघ ,पुर्व पश्चिम राजमार्ग अन्र्तगत कैलालीको वलिया सडकमा मोटरसाईकलको ठक्कबाट एक जनाको मृत्यु भएपछि पिडितका आफन्तले सो खण्ड अवरुद्ध गरेका छन् ।

आईतवार दिउसो बलिया वजारमा मोटरासईकलको ठक्कर वाट एक महिलाको मृत्यु भएको थियो । पिडितका आफन्तले सोमबार बिहानै देखी क्षतीपुर्तिको माग गर्दे वजार वन्द गराउनुका साथै पुर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन ।कैलाली लम्कीचुहा नगरपालिका ४ बलियामा बाईकले ठक्कर दिदा एक जना महिलाको मृत्यु भएको थियो । आईतवार साझ पुर्वबाट पश्चिम जादै गरेको से ६ प ८७८६ नम्वरको मोटरसाइकलले ठक्कर दिदा लम्कीचुहा ४ बलिया मिलडाडा बस्ने ५५ बर्षिय मनसरा जैशीको मृत्यु भएको थियो ।
मोटरसाईकलको ठक्करवाट गम्भीर घाईते भएकी जैशीको कोहोलपुर मेडकिल कलेजमा उपचारका क्रममा गए राती मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक लम्की चुहा १ का राजन चौधरीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । राजमार्ग अवरुद्ध भएपछी पुर्व पश्चिम राजमार्गको वलियामा सवारी साधन रोकिएका छन् ।
