Badikedar Khabar

झण्डै दुई महिनापछि सरकारले भारतलाई कूटनीतिक नोट

दार्चुला घटना भएको झण्डै दुई महिनापछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो ।

एक मन्त्री भन्छन्, ‘छानविन समितिको प्रतिवेदनअनुसार हामीले कूटनीतिक पहल थालेका हौं ।

’१५ साउनमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका थिए ।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयले बनाएको समितिले एसएसबीको उपस्थितिमा घटना भएको बताएको छ । साथै घटनाबारे थप अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ ।

याे पनि हेर्नुस्
Loading...