विक्रम खड्का
डोटी , समान पहुँच विकास केन्द्र सिड नेपाल डोटी र वल्र्डभिजनको साझेदारीमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सर सिप परियोजना अन्तर्गत जोखिममा रहहेका विपन्न परिवारका दर्ता बालबालिका हरुलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ ।
अति जोखिम विपन्न परिवार र समस्यामा परेका बालबालिकाहरुको जिवन स्तर, खाध्यान्नमा राहत तथा सहयोग पुग्ने उदेश्यले सो सामाग्री वितरण गरिएको हो ।
खाध्यान्न सामग्री वितरण दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ वडा मा २० जना, सायल गाउँपालिका वडा नम्बर ६ मेल्लेक मा २० जना पूर्वी गाउँपालिका वडा नम्बर १ खिरसैन मा २० जना, वडा नम्बर २ बगलेक मा २० जना र वडा नम्बर ३ साजघाट मा १८ जना, आदर्श गाउँपालिका वडा नम्बर १ मा ३५ जना, आदर्श गाउँपालिकावडा नम्बर २ मा ३० जना, आदर्श गाउँपालिकावडा नम्बर ५ मा ३० जना र आदर्श गाउँपालिकावडा नम्बर ७ मा ३० जनालाई गरि जम्मा २२३ लाई खाध्यान्न राहत सामाग्री र वितरण गरिएको सस्थाले जनाएको छ ।
प्रति व्यक्ति ३० केजि। चामल , ३ केजि दाल , ४ पोका नुन , २ केज चिनि, २ लिटर तेल र ४ पिस नुहाउने साबुन गरि प्रत्येक बालबालिकालाई ३ हजार २ सय २८ रुपैया ९२ पैसा का दरले २२३ जनालाई जम्मा रु ७ लाख २० हजार उनन्पचास बराबरको खाध्यान्न सामग्री वितरण गरिएको सिड नेपालका वित्त तथा प्रशासन अधिकृत डम्मर सिंह कुडमालले बताएको छ ।