पोखरामा जारी आहा! रारा गोल्डकप फुटबलमा विभागीय टोली एपीएफ क्लब र बीवाईएसी मिनेसोटा यूएसए आज खेल्दैछन् ।
पोखरा रङ्गशालामा यो खेल दिउँसो साढे दुई बजे शुरु हुनेछ । आजको विजेताले सेमिफाइनलमा सङ्कटा क्लब र मच्छिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । एपीएफ उद्घाटन खेलमा आयोजक सहारा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
बीवाईएसी यूएसएले भने सिधै क्वार्टर फाइनल खेल्न लागेको हो । शुक्रबार भएको खेलमा पुलिसले पेनाल्टी सुटआउटमा हिमालयन शेर्पालाई हराएर क्वार्टरफाइनमा स्थान बनाएको थियो । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार रुपैयाँ पाउने छन् ।
फाइल तस्वीर : याे तस्वीर उद्घाटन खेलमा एपीएफ र सहारा क्लबबीचकाे हाे