सुुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्क्रब टाइफस, कालाजार र डेंगुका बिरामी बढ्न थालेका छन् ।
साउन महिना यता मात्रै स्क्रब टाईफसका १९६ नयाँ बिरामी फेला परेका छन् । जसमा ६३ जना पुरुष र १ सय ३३ जना महिला रहेका छन् ।
आर्थिक वर्ष २०७८–०७९ को साउन महिना यता कैलालीमा सबैभन्दा बढी ७७ जनामा स्क्रब टाइफस फेला परेको छ ।
यस्तै दार्चुलामा पनि ५४ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
त्यस्तै प्रदेशमा डेंगुका बिरामीसमेत फेला परेका छन् । साउन यता प्रदेश भरिमा २३ जना डेंगुका बिरामी फेला परेका छन् । जसमध्ये कैलालीमा मात्रै १४ जनामा डेंगु भेटिएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।