इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल २०२२ मा सहभागी १० टिमले आफ्ना खास खेलाडीको सूची सार्वजनिक गरेका छन् । यसअघिसम्म ८ टिम सहभागी हुँदै आएको आईपीएलमा यसपटकदेखि १० टिमले सहभागिता जनाउने छन् ।
शुक्रबार दुई नयाँ फ्रेन्चाइज क्लब अहमदाबाद र लखनऊले पनि ड्राफ्ट मार्फत तीन तीन खेलाडीको घोषणा गरेका छन् । अब सबै टिम आफूसँग बचेको रकमका साथ १२ र १३ फेब्रुअरीमा बैंग्लोरमा हुने मेगा अक्सनमा उत्रने छन् ।
आईपीएलको नयाँ नियम अनुसार दुई नयाँ टिमले अक्सन पुलबाट तीन तीन खेलाडी छनोट गरेका हुन् । यसरी छनोट गर्दा एक जना मात्रै विदेशी खेलाडी राख्न पाइने प्रावधान थियो ।
यस्तै ८ वटा पुरानै टिमले भने सर्वाधिक ४ खेलाडीलाई मात्रै रिटेन गर्न पाएका छन् । जसमा एक जना मात्रै विदेशी खेलाडी हुनसक्ने प्रावधान रहेको थियो ।
८ टिमले नोभेम्बरमा आफ्ना खेलाडी घोषणा गरिसकेका थिए । मुम्बई इन्डियन्स, चेन्नाई सुपर किंग्स, कोलकता नाइटराइडर्स र दिल्ली क्यापिटल्सले चार चार खेलाडीलाई रिटेन गर्दा हैदराबाद, राजस्थान र बैंग्लोरले तीन तीन जना खेलाडी मात्रै रिटेन गरेका थिए ।
पञ्जावले सबैभन्दा कम २ खेलाडीलाई मात्रै रिटेन गरेको थियो ।
यस पटक अक्सनमा राइट टू म्याच कार्डको विकल्प पनि हटाइएको छ । यो कार्ड अनुसार फ्रेन्चाइजले आफ्ना पुराना खेलाडीलाई पुनः अनुबन्ध गर्न पाउने नियम रहेको थियो ।
आईपीएल २०२२ का लागि सबै टिमले ९० करोडमा टिम बनाउनु पर्ने थियो । यसमा रिटेन गरिएका खेलाडीलाई दिएको रकम घटाएर फ्रेन्चाइज टिम अक्सनमा सहभागी हुने छन् ।
कुन टिमले कसलाई छनोट गरे त ?
मुम्बई इन्डियन्स :
मुम्बईले आफ्ना कप्तान रोहित शर्मालाई टिममै राखेको छ । रोहितको पारिश्रमिक यो सिजन १६ करोड हुने छ । यसका साथै तिब्र गतिका बलर जसप्रित बुमराह, अलराउण्डर किरोन पोलार्ड र ब्याट्सम्यान सूर्यकुमार यादव पनि मुम्बईमै हुने छन् । मुम्बईले ईशान किशन, हार्दिक पाण्ड्यासहितका खेलाडीलाई विदा गरेको थियो ।
मुम्बईले रोहित शर्मालाई १६ करोड दिँदा जसप्रित बुमराहले १२ करोड, सूर्यकुमारले ८ करोड पाउँदा किरोन पोलार्डले ६ करोड पाउने छन् ।
मुम्बईले ४ खेलाडीमा ४२ करोड खर्च गरिसकेकाले अब मेगा अक्सनमा ४८ करोड रकम खर्च गर्न पाउने छ ।
मुम्बईले रिलिज गरेका खेलाडीहरु :
आदित्य तारे, अनमोलप्रीत सिंह, हार्दिक पांड्या, अनुकुल रा‘य, धवल कुलकर्णी, हार्दिक पांड्या, जयंत यादव, क्रुणाल पांड्या, क्विंटन डी का‘क, राहुल चाहर, क्रिस लिन, ट्रेंट बोल्ट, मोहसिन खान, सौरभ तिवारी, एडम मिल्ने, नाथन कूल्टर–नाइल, पीयूष चावला, जेम्स नीशम, युद्धवीर चरक, मार्को जानसेन र अर्जुन तेंदुलकर ।
रोयल च्यालेन्जर्स बैंग्लोर
रोयल च्यालेन्जर्स बैंग्लोरले विराट कोहली, एबी डिविलियर्स र ग्लेन म्याक्सवेललाई रिटेन गरेको छ । यसैगरी मोहमद सिराज पनि रिटेनको सूचीमा परेका छन् ।
कोहलीले पछिल्लो सिजन १७ करोड लिएकोमा यस सिजन उनको २ करोड कम भएको छ अर्थात उनले १५ करोड मात्र पाउने छन् । खेलाडी रिटेनमा बैंग्लोरले ३३ करोड खर्च गरेको छ । मेगा अक्सनमा ५७ करोडका साथ बैंग्लोर उत्रने छ । बैंग्लोरले विराटलाई १५ करोड दिँदा ग्लेन म्याक्सवेलले ११ र मोहम्मद सिराजले ७ करोड पाउने छ ।
बैंग्लोरले रिलिज गरेका खेलाडीको सूची :
एबी डीविलियर्स (संन्यास लिइसके), युजबेन्द्र चहल, हर्षल पटेल, आकाश दीप, नवदीप सैनी, शाहबाज अहमद, पवन देशपांडे, सचिन बेबी, रजत पाटीदार, मोहम्मद अजहरुद्दीन, काइल जेमीसन, डैन क्रिश्चियन, सुयश प्रभुदेसाई, केएस भरत, टिम डेविड, दुष्मंथा चमीरा र वनिन्दु हसरंगा ।
चेन्नाई सुपर किंग्स
पछिल्लो सिजनको च्याम्पियन्स चेन्नाई सुपर किंग्सले चार जना खेलाडीलाई रिटेन गरेको थियो । रिटेन गर्ने सूचीमा टिमका कप्तान महेन्द्रसिंह धोनी, रविन्द्र जडेजा, मोइन अली र ऋतुराज गायकवाड रहेका छन् ।
जडेजा चेन्नाईका लागि सन् २०२२ को आईपीएलमा अहिलेसम्मकै महँगा खेलाडीका रुपमा रहेका छन् । उनले १६ करोड पाउँदा धोनीले १२ करोड मात्र पाउने छन् । माइन अलीको ८ र ऋतुराज गायकवाडले ६ करोड पाउने छन् ।
रिटेन गर्दा ४२ करोड खर्च गरेको चेन्नाईले अक्सनमा ४८ करोड खर्च गर्न पाउने छ ।
चेन्नाईले रिलिज गरेका खेलाडीहरु :
ड्वेन ब्रावो, फाफ डुप्लेसिस, साम करन, शार्दुल ठाकुर, दीपक चाहर, सुरेश रैना, नारायण जगदीशन, केएम आसिफ, कर्ण शर्मा, अंबाती रायुडू, मिचेल सैंटनर, लुंगी एनगिडी, इमरान ताहिर, रबिन उथप्पा, कृष्णप्पा गौतम, चेतेश्वर पुजारा, एम. हरिशंकर रेड्डी, के. भगत वर्मा, सी हरि निशांत, आर साई किशोर र जोश हेजलवुड ।
दिल्ली क्यापिटल्स
पछिल्लो सिजनमा सानदार प्रदर्शन गरेको दिल्ली क्यापिटल्सले ४ खेलाडीलाई रिटेन गरेको छ । सन् २०२० मा फाइनल पु¥याएका कप्तान श्रीयस अय्यर रिलिज भइसकेका छन् । २०२१ को कप्तानी गर्ने ऋषभ पन्तलाई दिल्लील रिटेन गरेको छ । यसैगरी अक्षर पटेल, पृथ्वी शा र एनरिक नोर्टजे पनि रिटेनको लिष्टमा छन् ।
दिल्लीले रिटेनमा ४२.५ करोड खर्च गरेको छ । अब ४७.५ करोडका साथ अक्सनमा दिल्ली उत्रने छ ।
दिल्लीबाट ऋषभ पन्तले १६ करोड पाउँदा अक्षर पटेलले ९ करोड पाउँदा पृथ्वी शाले ७.५ करोड पाउने छन् भने एनरिक नोर्टजेले ६.५ करोड लिने छन् ।
दिल्लीले रिलिज गरेका खेलाडीको सूची :
श्रेयस अय्यर, अजिंक्य रहाणे, अमित मिश्रा, अवेश खान, ईशान्त शर्मा, कगिसो रबाडा, रविचन्द्रन अश्विन, शिखर धवन, मार्कस स्टोइनिस, शिमरोन हेटमायर, बेन ड्वारसुइस, स्टीव स्मिथ, उमेश यादव, टम करन र साम बिलिंग्स ।
कोलकता नाइट राइडर्स
कोलकता नाइट राइडर्सले यस पटक अचम्मको निर्णय गरेको छ । उसले गत सिजन फाइनलमा पु¥याएका कप्तान इयोन मोर्गनलाई नै रिलिज गरेको छ ।
कोलकताले २ जना विदेशी खेलाडीलाई रिटेन पनि गरेको छ । आन्द्रे रसेल र सुनिल नरेन विदेशी खेलाडी रिटेन हुँदा वरुण चक्रवर्ती र बैंकेटेश अय्यर भारतीय खेलाडी छन् । अब अक्सनमार्फत कोलकताले कप्तान खोज्न सक्छ । रिटेनमा ४२ करोड खर्च गरेको छ ।
आन्द्रे रसेलले १२ करोड पाउँदा वरुण चक्रवर्ती र बैंकटेस अय्यरले ८–८ करोड पाउने छन् । सुनिल नरेले ६ करोड पाउने जनाइएको छ ।
कोलकताले रिलिज गरेका खेलाडीको सूची :
इयोन मोर्गन, दिनेश कार्तिक, कुलदीप यादव, लकी फर्ग्यूसन, नीतीश राणा, प्रसिद्ध कृष्णा, शिवम मावी, शुभमन गिल, राहुल त्रिपाठी, शाकिब अल हसन, करुण नायर, हरभजन सिंह, बेन कटिंग र टिम साउथी ।
राजस्थान रोयल्स
राजस्थान रोयल्सले यो सिजन बेन स्टोक्स र जोफ्रा आर्चरलाई रिलिज गरेको छ । स्टोक्सले यसअघि नै आईपीएल नखेल्ने घोषणा गरेका छन् । यस्तै आर्चर घाइते भएकाले अहिले क्रिकेटबाट टाढा नै छन् ।
टिमको पछिल्लो सिजन कप्तानी गरेका सेन्जु सामसन रिटेन भएका छन् भने जोस बटलर र यशस्वी जायसवाल पनि रिटेन भएका छन् ।
३ खेलाडी रिटेन गर्दा २८ करोड खर्च गरेको छ । सन्जु सामसनले १४ करोड पाउँदा जोस बटलरले १० करोड र यशस्वी जायसवालले ४करोड पाउने छन् ।
राजस्थानले रिलिज गरेका खेलाडीको सूची :
रियान पराग, श्रेयस गोपाल, राहुल तेवतिया, महिपाल लोमरोर, कार्तिक त्यागी, तबरेज शम्सी, ओशेन था‘मस, एविन लुईस, जयदेव उनादकट, मयंक मार्कंडे, अनुज रावत, डेविड मिलर, मनन वोहरा, शिवम दुबे, क्रिस मा‘रिस, मुस्तफिजुर रहमान, चेतन सकारिया, केसी करियप्पा, लियाम लिविंगस्टोन, कुलदीप यादव, आकाश सिंह, ग्लेन फिलिप्स र जोफ्रा आर्चर ।
पञ्जाव किंग्स
पञ्जाव किंग्सल यस पटक २ जना खेलाडीलाई मात्रै रिटेन गरेको छ । केएल राहुल आफैले रिटेन नगर्न टिमलाई अनुरोध नै गरेका थिए । पञ्जावले मयंक अग्रवाल र अनक्याप्ड तिब्र गतिका बलर अर्शदीप सिंहलाई रिटेन गरेको छ ।
मयंक अग्रवालले १२ करोड पाउँदा अर्शदीप सिंहले ४ करोड पाउने छन् ।
यी दुई खेलाडी लिँदा खर्च भने पञ्जावको १८ करोड भएको छ । दुई खेलाडीमात्रै रिटेन गर्दा १४ करोड खर्च गर्नुपर्नेमा पञ्जावले १२ करोड खर्च गरे पनि थप २ करोड मेगा अक्सनका लागि बाँकी रहेको रकमबाट घटाइएको छ । अब पञ्जाव ७२ करोडका साथ मेगा अक्सनमा सहभागी हुने छ ।
पञ्जावले रिलिज गरेका खेलाडीको लिस्ट :
केएल राहुल, क्रिस गेल, निकोलस पूरन, मनदीप सिंह, सरफराज खान, दीपक हुड्डा, प्रभसिमरन सिंह, मोहम्मद शमी, क्रिस जा‘र्डन, दर्शन नलकांडे, रवि बिश्नोई, मुरुगन अश्विन, हरप्रीत बराड़, ईशान पोरेल, एडेन मार्करम, आदिल रशिद, शाहरुख खान, मोइसेस हेनरिक्स, जलज सक्सेना, उत्कर्ष सिंह, फैबियन एलन, सौरभ कुमार र नाथन एलिस ।
सनराइजर्स हैदरबाद
सनराइजर्स हैदरावादले स्टार खेलाडी डेविड वार्नरलाई नै रिटेन गरेन । यस्तै राशिद खान पनि टिममा बस्न चाहेनन् ।
पछिल्ले सिजन कप्तानी गरेका केन विलियम्सनलाई रिटेन गरिएको छ । यसका साथै अनक्याप्ड खेलाडी उमरान मलिक र अब्दुल समद पनि रिटेनको सूचीमा छन् ।
केन विलियम्सनले १४ करोड पाउँद्या उमरान मलिक र अब्दुल समदले ४–४ करोड पाउने छन् ।
सनराईजर्स हैदरावादले रिटेन गरेका खेलाडीको सूची :
डेविड वार्नर, मनीष पांडे, विराट सिंह, प्रियम गर्ग, राशिद खान, भुवनेश्वर कुमार, खलील अहमद, संदीप शर्मा, सिद्धार्थ कौल, टी नटराजन, अभिषेक शर्मा, शाहबाज नदीम, विजय शंकर, मोहम्मद नबी, शेरफेन रदरफोर्ड, ऋद्धिमान साहा, श्रीवत्स गोस्वामी, बासिल थम्पी, जेसन होल्डर, जगदीश सुचित, केदार जाधव, मुजीब उर रहमान र जोसन रोय
लखनऊ
लखनऊ यसै सिजन थपिएको नयाँ टिम हो । उसले केएल राहुल, मार्कस स्टोइनिस र अनक्याप्ड लेग स्पिनर रवि विश्नोईलाई समावेश गरेको छ । केएल राहुललाई १७ करोड दिने छ । समग्रमा लखनऊले ३ जना खेलाडीमा ३०.२ करोड खर्च गरेको छ । राहुल र रवि विश्नोई पछिल्लो सिजन पञ्जावमा थिए भने मार्कस स्टोइनिस दिल्लीमा रहेका थिए ।
अहमदाबाद
अहमदाबादले अलराउण्डर हार्दिक पाण्ड्यालाई अनुबन्ध गरेको छ । उनी अहमदाबादको कप्तान पनि हुन् । यसैगरी अफगानिस्तानका लेग स्पिनर राशिद खान र भारतीय ओपनर शुभमन गिल पनि जोडिएका छन् । हार्दिकले मुम्बईबाट आईपीएल खेलेका थिए भने राशिदले सनराईजर्स र शुभमनले कोलकताबाट खेलेका थिए ।
यी ३ खेलाडीमा अहमदाबादले ३८ करोड खर्च गरेको छ ।