नेपाली राष्ट्रिय क्रिकेट टिमले आजदेखि दोस्रो चरणको बन्द प्रशिक्षण शुरु गरेको छ । नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।
तर त्यसबीचमा राष्ट्रिय खेलकुद परिषद् राखेपको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोतिगा आयोजना भएकाले राष्ट्रिय टिमको बन्द प्रशिक्षण अघि बढ्न सकेको थिएन् । प्रधानमन्त्री कप पछि प्रशिक्षकले १६ सदस्यीय नेपाली टिमको घोषणा गरेका छन् ।
यो टिमले अब कीर्तिपुर मैदानमा बन्द प्रशिक्षण गर्ने छ । कोरोना महामारीका कारण खेलाडीहरुलाई बायोबबल अनुसार बन्द प्रशिक्षणमा राखिएको क्यानले जनाएको छ ।
नेपालले ओमानमा आयोजना हुन लागेको आईसीसी टी २० विश्वकप २०२२ को ग्लोबल छनोट प्रतियोगिता खेल्दै छ ।
नेपाली टिम यसप्रकार छ ।
सन्दीप लामिछाने
कुशल भुर्तेल
आशिफ शेख
दीपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
आरिफ शेख
करण केसी
जितेन्द्र मुखिया
अविनश बोहोरा
सहाव आलम
कुशल मल्ल
कमलसिंह ऐरी
विवेक यादव
प्रदीप ऐरी
लोकेश बम