Badikedar Khabar

ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा

धनगढी, ८ माघ/ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा परेका छन् ।

माघ ५ गते अनुसन्धान गर्ने क्रममा सो मोवाईल पसलमा जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले छापा हान्ने क्रममा टोलीका दुई प्रहरीले मोवाईल चोरेका थिए ।जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेका हुन्।

उनीहरुविरुद्ध चोरीको मुद्धा दर्ता भइर हरिासतमा राखेर फेरी ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेका हुन् ।

लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा गएका माल र बुढालले चोरी गरेको भिडियो सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि जिल्ला प्र्रहरी कार्यालय कैलालीले मुद्धा दर्ता गर्दै उनीहरुलाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको हो। भिडियो सार्वजनिक हुनुअघि सोही मोबाइल ग्यालरीबाट धनगढी–५ का दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ।

याे पनि हेर्नुस्
Loading...