Badikedar Khabar

आमा, यसपालि पनि दिदीले छोरी पाइछन्!

नारायण भट्टराई

jnhit

आमा, यसपालि पनि दिदीले छोरी पाइछन्
त्यसैले त दिदी
भान्जी महिना दिनकी नहुँदै माइत आइछन्
थाहा छ आमा मलाई यो खबर सुनेर
तिम्रा आङ सिरिङ्ग हुन्छन्
तिरस्कारका तिरहरूले घायल
तिम्रो मुटुको घाउ फेरि चर्कन्छ
तिम्रा आसुँ थामिँदैनन्
हो, तिम्रो मनको घाउ फेरि बल्झिन्छ
तर समय फेरिएको छ आमा
तिमीले नातिनीको रुपमा पुनर्जन्म लिएको भए
देख्ने छौ, हाम्रो देशमा नारी जातिलाई पनि
पुरुष सरह अधिकार दिइएको छ
संविधानमा लेखिएको छ आमा- तेत्तिस प्रतिशत
तिम्रो समयमा गुपचुप हुने हत्या र बलात्कार
उत्पीडन र दमनका कथाहरू
अचेल समाचार बन्दछन्
नेताहरूले भाषणमा नारी अधिकारका कुरा गर्छन्
महिलाहरू आरक्षित छन्
सडकहरूमा, यातायातका साधनहरूमा
गाउँघरका बाटाहरूमा, खेत र बारीहरूमा
महिलाहरू खुलेआम हिँड्न र बोल्न सक्छन्
महिला आयोगमा पुरुषहरूको संरक्षण छ
तिमी त हराएकी थियौ आमा
मावलबाट घर कहिलै आइपुगेनौ
अहिले त हराएका आमाहरू, दिदी, बहिनीहरू
भेटिन्छन् आमा
निर्मला पनि भेटिएकी थिइन्।

तिमी हराए पनि आमा सुन
दिदीले फेरि छोरी पाइछन्
गुन्युको फेरले आँसु पुछ्दै
एक महिनाकी छोरी च्यापेर
दिदी माइत आइछन्।

sugag
याे पनि हेर्नुस्
Loading...