Badikedar Khabar

कोरोना प्रभावः जिल्ला प्रशासनका सबै सेवा बन्द

जिल्ला प्रशसान कार्यायलय कैलालीका कर्मचारीलाई कोरोना संक्रमण हुन थालेपछि कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको छ। कार्यालयका केही कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि र केहीलाई मिल्दोजुल्दो लक्षण देखिएकाले शुक्रबार बेलुका सूचना जारी गर्दै कैलाली प्रशासनले अत्यावश्यक सेवा(शान्ति सुरक्षा र मुद्दा) बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।

‘जिल्लामा कोरोना संक्रमण हुने गति तीव्र हुन थालेपछि शान्ति सुरक्षा र मुद्दाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘अर्को सूचना जारी नभएसम्मका लागि आइतबार (माघ ९ गते) देखि सबै सेवा बन्द गरिएको छ।’

नियमित कार्य सम्पादनको क्रममा कार्यालयका कर्मचारीहरु कोरोना संक्रमित भई आइसोलेसनमा बस्नुको साथै कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड हुन थालेपछि अतिआवश्यक सेवा बाहेक अर्को सूचना जारी नभएसम्मको लागि सेवा स्थगित गरेको बताउँदै उनले भने, ’कार्यालयका २३ जना कर्मचारीको कोरोना परीक्षण गर्दा १५ जना पोजेटिभ र बाँकी केहीमा सोही किसिमको लक्षण देखिएकोले कार्यालयका सेवाहरु बन्द गर्नु परेको हो।’

याे पनि हेर्नुस्
Loading...