Badikedar Khabar

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न मरिससको टोली भोलि नेपाल आइपुग्ने

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि अफ्रिकी देश मरिससको टोली भोलि साेमवार नेपाल आइपुग्ने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मरिससको टोली भोलि बिहान सवा ११ बजे नेपाल आइपुग्ने जनाएको छ । नेपाल र मरिससबीच दशरथ रङ्गशालामा आउँदो १५ गते शनिवार र १८ गते मङ्गलवार दुई मैत्रीपूर्ण खेल हुँदैछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक अफ्रिकी देशसँग मौत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

याे पनि हेर्नुस्
Loading...