Badikedar Khabar

नेपालमा कोरोना स् थप ६ हजार बढीमा संक्रमण, ७७ हजार पुगे सक्रिय संक्रमित

काठमाडौं ९, माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको कुल १७ हजार ४ सय ३७ जनाको परीक्षण गर्दा ५५ सय ९८ जनाको पीसीआर र ८ सय ६४ जनामा एन्टीजेन पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय १६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरमणी अधिकारीले जानकारी दिए ।

पछिल्ला केहीदिन यता नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७७ हजार ४० जना पुगेको सहप्रवक्ता अधिकारीले बताए । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ४ जनाको मृत्यु भएको छ ।

याे पनि हेर्नुस्
Loading...