नेपालमा उत्पादन भएको बिधुत बाह्य देशमा बेच्ने सम्मका बिषयको बहस चलिरहँदा नेपालका सबै नागरिकको घरमा बिधुत पुग्न सकेको छैन । सबै नागरिकको घरघरमा बिधुत पु¥याउने नेताहरुका आश्वासन अँझै पुरा भएका छैनन् । एउटा उदाहरण हो डोटी जिल्लाको बडिकेदार गाउँपालिका । डोटीको बिकट स्थानिय तहका रुपमा चिनिने बडिकेदार गाउँपालिकामा बिधुत नहुँदा दैनिकि चलाउन देखी सञ्चार सेवा समेत अवरुद्ध हुँदै आएको छ ।
डोटीको बडिकेदार गाउँपालिकामा हालसम्म बिधुत पुग्न नसक्दा यहाँका नागरिक सोलारकै उज्यालोको भर पर्ने गरेका छन् । बषौँदेखी बिजुली बाल्ने यहाँका बासिन्दाको सपना अँझै पुरा हुन सकेको छैन । बिधुत नहुँदा नेटवर्कको समस्या झन बढी छ ।
बिधुत नभएकै कारण फोन गर्नपनि घाम कुर्नुपर्ने बाध्यता यहाँका नागरिकमा छ । सोलारबाटै सञ्चालित बडिकेदार गाउँपालिका वडा नम्बर ५ अत्तरकाँडामा रहेको नेपाल टेलिकमको टावरलेपनि घाम लागेपछि मात्रै काम गर्ने गर्छ । घाम नपरेको दिन नेटवर्कले काम नगर्दा सबैभन्दा बढी समस्या यहाँका नागरिकलाई पर्छ । कुटानी, पिसानी देखी अन्य दैनिकि चलाउनपनि बिधुत अभावले उत्तिकै समस्या छ ।
बिधुत अहिलेसम्म पुगेन सोलारबाट चल्ने टावरमा गतिला बेट्री छैनन् बडिकेदार ५ अत्तरकाँडाका राम बहादूर बोहराले भने ‘घाम छदासम्म नेटवर्कलेनी काम गर्छ घाम संगै नेटवर्कपनि अस्ताउँछ, अनी फोनको कामै हुँदैन ।’ अहिलेको जमनामा सबै काम फोनबाटै भइरहेका छन् बोहराले भने ‘बिद्यार्थीहरु अनलाइन क्लासबाट अध्यायन गरिरहेका छन शिक्षक पढाइरहेका छन्, दुनिया कहाँबाट कहाँ पुगिसक्यो हाम्रा यहाँ घाम गए नेटवर्कपनि जान्छ अनी के बिकास भन्नु ।’ बिधुत त पुगेन पनि तर यो टावरमा राखिएको सोलारमा राम्रा ब्याट्री त राखिदिनुपर्छ उनले भने ‘बर्सातमा कहिले त एक सातानै घाम कुनुपर्ने हुन्छ हामीले जति घाम लागेन त्यतिनै नेटवर्कपनि आउन्न अनी अन्धकार झैँ हुन्छौँ ।’
आजभोली फोनले गर्दा तल्लो मल्लो घरका मान्छेलाई डाँको लाएर बोलाउन नी लाज लाग्छ सबै काम फोनबाटै हुन्छ बडिकेदार ५ अत्तरकाडाँमा ब्यवसाय गर्दै आएकी भागरथी बोहराले भनिन् ‘हाम्रा यहाँ घाम अस्तायोकी फोन लाइनपनि जान्छ अनी समस्या पर्दा सबैभन्दा बढी गाह्रो हुन्छ ।’ राती कसैलाई आपतकालिन अवस्तामा अस्पताल लैजानुपरे सम्भवनै छैन उनले भनिन् ‘फोन कसैको लाग्दैन गाडी या एम्बुलेन्स नजिक हुन्नन् बिरामी त्यसै मर्नुको बिकल्प छैन त्यस कारण सकेसम्म समयमै बिजुली पुगे राम्रो नत्र टावरमा राम्रो ब्याट्री त हालिदिए सहज हुन्थ्यो ।’
बिधुत नहुँदा यहाँका नागरिकलाई दैनिकि चलाउन मात्रै समस्या नभई प्रशासनिक काममापनि निकै बाधा पुग्ने गरेको छ । लगातार पानी परे वा घाम नलागे कामनै ठप्प गर्नुपर्ने अवस्था यहाँ छ । घाम लागे मात्रै सोलारमा चार्ज हुने हुँदा घाम नहुँदा यहाँको बस्ती अन्धकार संगै प्रशासनिक कामपनि ठप्प हुन्छन् ।