धनगढी ,१० माघ । कैलालीमा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोखरेल नेतृत्वको टोली खटिएको छ ।