काठमाडौं । नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो ।
यसैगरी प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एस.पी., दिल दीक्षित राज के.सी. पनि सम्पर्कमा छैनन् ।
आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।