Badikedar Khabar

ट्रकसँग हायस ठोक्किदा १६ जना घाईते

धनगढी,१० माघ ,। कैलालीको गोदावरीमा ट्रकमा हायस ठोक्किदा १६ जना घाईते भएका छन ।

गोदावरी नगरपालिका वडा नं. १ स्थित पाठक पेट्रोल पम्पनजिकै धनगढी–अत्तरिया ६ लेन सडकमा रोकिएको ट्रकको पछाडीको भागमा हायस ठोक्किदा हायसमा सवार १६ जना घाईते भएका हुन ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अत्तरियाबाट धनगढीतर्फ गईरहेको सु।प।प्र ०२ ००१ ख ११६६ नम्बरको हायस रोकिएर राखेको अवस्थामा रहेको ना ४ ख १९१५ नम्बरको ट्रकको पछाडी ठोक्किएको हो ।

दुर्घटनामा घाईते १६ जना मध्ये १४ जना सामान्य रहेको र हायसका चालक र एक जना महिलालाई मध्यम चोट लागेको प्रहरीले जनाएको छ ।

घाईतेहरुमध्ये केहीको धनगढीस्थित माया मेट्रो हस्पिटल र केहीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भैरहेको बताईएको छ । ट्रक नियन्त्रणमा रहेको तथा ट्रक चालक फरार रहेकाले खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...