धनगढी, १० माघ ,धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मीक आस्थाको केन्द्र बेहडाबाबा मन्दिर परिसरमा प्रहरी चौकीका लागि भवन निर्माण सुरु भएको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले भवनको शिल्यान्यास गरेका छन् ।
प्रहरी चौकीको भवन निर्माणका लागि धनगढी उपमहानगरपालिकाले १० लाख बजेट छुट्याएको नगर प्रमुख नृपबहादुर वडले बताए । ‘१० लाख उपमहानगरपालिकाले छुट्याएको छ’ नगर प्रमुख वडले भने, ‘बाँकी रकम जनश्रमदान गरेर १६ लाख रुपैयाँमा प्रहरी चौकीको भवन निर्माण हुन्छ ।’
बेहडाबाबा मन्दिर व्यवस्थापन समितिले चौकीका लागि १० कठ्ठा जमिन उपलब्ध गराएको अध्यक्ष पदमराज जोशीले बताए । अध्यक्ष जोशीले भने, ‘भवनका लागि काठ मन्दिरले व्यवस्थापन गर्छ बाँकी जनश्रमदान पनि हुन्छ ।’ उनले बढीमा तीन महिनामा निर्माण सम्पन्न हुने बताए ।

याे पनि हेर्नुस्
- फेसबुकबाट प्रतिक्रिया
- Disqus Comments