धनगढी, १० माघ/देशका छुट्टाछुट्टै ठाउँमा गरेर पाँच जना मृत अवस्थामा फेला परेका छन् । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ६ बस्ने २० वर्षीया हरीना भाट सोही ठाउँस्थित रउताने खोलामा आइतबार मृत अवस्थामा फेला परेकी छिन ।
संखुवासभाको चैनपुर नगरपालिका–१ सिङरिङ बस्ने ३० वर्षीय दोर्जी शेर्पा सोही ठाउँस्थित अलैची बारीमा मृत अवस्थामा फेला परेका छन ।
पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ स्थित कालिगण्डकी नदीमा म्याग्दी रघुगंगा गाउँपालिका–६ पाखापानी बस्ने ३० वर्षीय मनबहादुर छन्त्याल मृत अवस्थामा फेला परेका छन ।
मोरङको केराबारी गाउँपालिका(८ स्थित हजारबिघे सामुदायिक वनमा सोही गाउँपालिका–८ बस्ने २६ वर्षीय बाबुराम भट्टराई मृत अवस्थामा फेला परेका छन ।
लमजुङको दुधपोखरी गाउँपालिका–२ भुम्लिचोक बस्ने २१ वर्षीय कमल कामी सोही ठाउँ ढाक्रेसोतीस्थित खोल्सामा मृत अवस्थामा फेला परेका छन । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

याे पनि हेर्नुस्
- फेसबुकबाट प्रतिक्रिया
- Disqus Comments