कञ्चनपुर, १० माघ ,कञ्चनपुरमा बाख्रा करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१०, टोटीका अन्दाजी २२ वर्षीय मनोज खुना पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बाख्रा धनीको निवेदनको आधारमा पक्राउ गरी अनुसन्धानको भइरहेको बताए । उनलाई थुना मुक्त गरेपनि कारबाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरी निरीक्षक बोहराले बताए ।
खुनाले शुक्लाफाँटा–६, कसरौलका तर्कराज भट्टको सुत्केरी बाख्रीलाई आइतबार करणी गरेको आरोप लागेको हो । करणीपछि बाख्रा मरेको छ । भट्टले बाख्राको मूल्य बराबरको रकम लिएको बताएका छन । खुनालाई यसअघि गाई करणीको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । पशुको करणी गरे÷गराए १ वर्ष कैद र १० हजार जरिमाना हुने कानुनमा व्यवस्था रहेको छ ।

याे पनि हेर्नुस्
- फेसबुकबाट प्रतिक्रिया
- Disqus Comments