Badikedar Khabar

अछाममा आज २८ जनामा कोरोना पुष्टी

मंगलसेन – अछाममा सोमबार थप  २८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणमा ११ जना र एन्टीजेन परीक्षणमा १७ जना गरी जम्मा २८ जनामा संक्रमण पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा २६ जनाको नमुना परिक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।  आज संक्रमण देखिनेमा सबै भन्दा बढी कमलबजार नगरपालिका छन । नगरपालिकाको वडा नम्बर १, २, ३, ६, ८ र १० का ३० ३२,३२,४२,४५,र ५५ बर्षका ४ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो । कमलबाजारका ६ जना संक्रमण पुष्टि हुने मध्य दुई जना स्वास्थ्यकर्मी रहेको जनाईएको छ ।

यस्तै ढकारी गाउँपालिकाका एकजना कर्मचारीसहित चार जनामा संक्रमण देखीएको छ । गाउँपालिकाको वडा नम्बर २ का २९, २१, ४८ र २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  प्रयोगशालाका सुचना अधिकारी बिष्टका अनुसार मंगलसेन नगरपालिकाका ३ जना महिलाको रिपोर्ट भने नेगेटिभ आएको छ भने कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ का २७ वर्षीय एक पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ।

याे पनि हेर्नुस्
Loading...