काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किनु भएकाे छ ।
झण्डै ४ महिना लामो उपचारपछि उहाँ हिजाे बेलुका नेपाल फर्किनुभएको हो ।
क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ वंगाणुगत जण्डिस रोगबाट ग्रसित पुन उपचारको लागि गएकाे असाेज १३ गते थाइल्यान्डकाे बैंकक जानुभएको थियो ।
बैंकक पछि थप उपचारका लागि उहाँलाई चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लागिएको थियो ।
यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीमा महासचिवको लागि आफ्नो दाबेदारी रहने बताउनु भएको छ ।
नेता पुनले विगतमा सचिव भएर काम गरेकाले अहिले महासचिवको स्वाभाविक दाबेदार भएको बताउनु भएकाे हाे। आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टीभित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ । विगतमा पनि सचिव भएर काम गरेको थिएँ । त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वाभाविक हो ।’
नेता पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारीमा पाएको जिम्मेवारी आफूले स्वीकार गर्ने पनि बताउनु भयो।