डोटी : डोटीमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय नाघेको छ । मङ्गलवार (आज) २५ जनामा कोरोना देखिएसँगै सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय नाघेका स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
२५ जना थप भएसँगै जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय आठ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ६२ नमुनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए । निमित्त कार्यालय प्रमुख जोशीका अनुसार मङ्गलवार ४ जना डिस्चार्ज भएका छन् ।
सक्रिय कोरोना सङ्क्रमित सबै होम आइसोलेसनमा रहेका छन् । डोटीमा ६८ हजार ७ सय ९८ जनाले कोरोना भाइरस विरुद्धको खोपको पुनर् मात्रा लगाएका छन् भने एक लाख २१ हजार एक सय ९३ जनाले पहिलो मात्राको खोप लगाएका छन् ।
