Badikedar Khabar

क्यान्सर पिडीत चन्द्रा कुमारी बुढामगरलाई आर्थिक सहयोग हुँदै

आर्थिक अभावमा उपचार गराउन समस्या झेलीरहेकी डोटी जिल्ला बडीकेदार गाउँपालिका वडा नं ३ घाङल निवासि डम्मर सिँह बुढामगरकी छोरी २६ बर्षिया चन्द्रा कुमारी बुढामगर को उपचारमा समस्या भएको भन्दै उनका दाजु इन्द्र बुढामगरले सहयोगको लागि अपिल गरेका थिए ।

हाल भरतपुर क्यान्सर अस्पतालका सम्बन्धित बिशेषज्ञबाट क्यान्सर रोगको उपचार भईरहेको छ ।उनलाईलाई रोगले च्याप्दै लगेको र उपचारको लागि आर्थिक अभाव रहेको छ ।

सोही अपिल अनुसार सामाजिक अभियान्ता तथा पत्रकार चक्र मल्ल र शिक्षक नन्दाराम बुढामगर ले अभियान सञ्चालन गरेको छ । सोही अभियान अन्तर्गत संकलन भएको ३२ हजार ८ सय पच्पन्न रुपैंया चन्द्रा कुमारी बुढामगर खाता मा जम्मा भईसकेको छ ।

साथै आर्थिक सहयोग अभियामा बडीकेदार गाउँपालिका वडानम्बर ५ निवासि तथा बडीकेदार गाउँपालिका तरुण दल उपसभापति तथा बडीकेदार गाउँपालीका वडानम्बर ५ नेपालि काग्रेस   वडासभापति ,स्थानिय समाजसेवि सहयोगी मन भएका मोहन बहादुर मल्लले थोरै भएपनि आर्थिक सहयोग सोरुप तिन हजार रुपैया सहयोग गर्नु भएको छ ।

आफुले चन्द्रालाइ थोरै भएपनि सक्दो सहयोग सोरुप सहयोग गरेको बताए ,साथै यसरी नै सबै ठाउँबाट सानु ,सानु सहयोग गरेभने उनको घाउमा मलमपटटी लागानलाई सहयोग हुने बताए र सबै लाई नानीको उपचारकालागी सहयोग गरीदिनहुन अनुरोध गरे ।

चन्द्रा को उपचार खर्चको लागी बडीकेदार गाउँपालिकाका अध्यक्ष श्री कृष्ण बहादुर चन्दको सचिवालयका सचिव नवराज जाृेशीले आफनो जन्मदिनको अबसरमा पाँच हजार , कैलालीको टीकापुर नगरपालिका वडा नं। ९ झुँगा कैलाली स्थायी घर भई बडीकेदार ३, मटेला स्थित श्री वीरेन्द्र माध्यमिक विद्यालयमा मावि तहको अंग्रेजी विषय शिक्षक पदमा कार्यरत, श्री जयराम चौधरी एक हजार , बडीकादार  ३,जैशीबाँज स्थायी घर भई रोजगारीको सिलसिलामा हाल भारत रेवाडी रहँदै आउनुभएका समाजसेवी सहयोगी डम्मर बहादुर साउँद एक हजार छ सय ,बडीकेदार ५, लाना स्थायी घर भई बडीकेदार  ५, रन्तोला स्थित रन्तोला सामुदायिक ब स्वास्थ्य इकाईको प्रमुख पदमा कार्यरत  बमबहादुर चन्द बिरामी चन्द्रा कुमारी बुढामगरको उपचार सहयोगको लागि दुई हजार ,गौरीगंगा, कैलाली स्थायी घर भई हाल बैतडी शिवनाथ गाउँपालिकाको लेखा शाखामा कार्यरत देवराज सापकोटा को तर्फबाट एक हजार , बडीकेदार९३, स्थायी घर भई बोगटान गाउँपालिकाको महिला तथा बालबालिका शाखामा कार्यरत शाखा प्रमुख कल्पना सापकोटा को तर्फबाट पाँच हजार , बडीकेदार गाउँपालिका वडा नं। ३, जैशीबाँज स्थायी घर भई हाल पप नमुना मावि सिलगढीमा कार्यरत निमावि विज्ञान शिक्षक डबल बहादुर साउँद बाट एक हजार पच्पन्न , रोजगारीको सिलसिलामा बैङ्लोर रहदै आउनुभएका नबराज आर्चाय ले एक हजार छ सय , कोहलपूर नगरपालिका वडा नं १० स्थायी घर भई हाल बर्दिया गुलरिया स्थित जिल्ला वन कार्यालयमा कार्यरत विष्णु थापा र पूर्णिमा बुढामगर पाचँ हजार , बडीकेदार गाउँपालिका वडानम्बर ३ बिरेन्द्र मा वि का प्रध्यानपक नन्दाराम बुढामगर बाट ६ हजार ५ सय गरी हाल सम्म बत्तिस हजार८ सय पच्पन्न जम्मा  भएको छ ,

 

याे पनि हेर्नुस्
Loading...