काठमाडौं । पुरातत्व विभागले प्रदेश संग्रहालय पोखरामा कार्यरत एकजना खरिदारलाई सेवाबाट हटाएको छ ।विभागले स्याङ्जा घर भएका खरिदार विशालबाबु डुम्रेलाई सेवाबाट हटाएको हो ।
यही माघ ९ गते भएको विभागीय निर्णयको सूचना सार्वजनिक गर्दै विभागले उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जनाएको छ ।