कञ्चनपुरमा एमालेबाट निर्वाचित स्थानीय तहका ५१ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।
मंगलबार साँझसम्म १ नगर प्रमुखसहितले जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका हुन् । जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार नेकपा (एस) मा सनाखत गर्नेमा १ नगर प्रमुख, ११ वडाध्यक्ष र अन्य कार्यपालिका सदस्य तथा वडा सदस्यहरु रहेका छन् । सनाखत गर्नेमा पुनर्वास नगरपालिकाका नगर प्रमुखसमेत रहेका छन् ।
नेकपा (एस)रोजेका ३ जनाले सनाखत फिर्ताको निवेदन दिएका छन् । कृष्णपुर नगरपालिकाका २ वडाध्यक्ष र १ सदस्यले निवेदन दिएको जोशीले बताए । निवेदन निर्वाचन आयोगमा पठाइएको उनले बताए ।