Badikedar Khabar

पहिलो सन्तानको आमाबुबा बने प्रियंका र निक

भारतीय अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक तथा अभिनेता निक जोनास आमाबुबा बनेका छन्। शुक्रबार प्रियंकाले आफ्नो इन्स्टाग्राममार्फत् आफूहरूको पहिलो सन्तानको जन्म भएको जानकारी दिएकी हुन्।

इन्स्टाग्राममा प्रियंकाले आफूहरूको बच्चा सरोगेसीका माध्यमबाट भएको पनि जानकारी दिएकी छन्। उनीहरूको सन्तान छोरी भएको भारतीय सन्चार माध्यमले जनाएका छन्।

jnhit

उनीहरूले सरोगेसीका लागि साउदर्न क्यालिफोर्नियाकै एक महिलाको सहयोग लिएको पनि भारतीय सन्चार माध्यमले जनाएका छन्।

निक र प्रियंकाले सन् २०१८ मा बिहे गरेका हुन्। प्रियंका आफ्नो अभिनय करिअरको सिलसिलामा अमेरिका पुगेपछि सन् २०१७ को ‘मेट गाला’ मा उनीहरूको भेट भएको थियो।

लगत्तै सन् २०१८ अगस्टमा उनीहरूले इंगेजमेन्ट गरेका थिए भने त्यही वर्ष डिसेम्बरमा उनीहरूले क्रिस्चियन र पन्जाबी परम्परा अनुसार बिहे गरेका थिए।

sugag
याे पनि हेर्नुस्
Loading...