धनगढी १३ माघ/राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गठबन्धनका तिनै जना उम्मेदबार बिजयी भएका छन् । राष्ट्रिय सभाका काँग्रेसका तर्फबाट उम्मेदबार बनेका नारायण मिश्रले बिजयी भएका हुन् ।
मिश्रको प्रदेशसभातर्फ १८७२मतभार र स्थानीय तहतर्फ १८७२ मतभार पाएर निर्वाचित भएका हुन् ।उनले आफ्ना प्रतिद्वन्द्वी एमालेका तर्फबाटका उम्मेदबार डिल्लीराज भट्ट पराजय गरेका हुन् । भट्टले प्रदेशतर्फ ६२४ र स्थानीय तहतर्फ १२७२ मतभार प्राप्त गरेका छन् ।
उता महिला तर्फबाटकी सत्ता गठन्धनकी समाजबादीकाी गरिमा शाह विजयी भएकी हुन् । शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी हुन् । शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।उनी सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार थिइन् ।
त्यसैगरी राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट दलित तर्फ उम्मेदबार माओवादीका जगत पार्की विजयी भए । माओवादीका पार्की गठबन्धनबाट उम्मेदवार बनेका थिए । प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मतभार प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनकातर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) उम्मेदवार बनेका थिए भने एमालेबाट अन्यमा डिल्लीराज भट्ट, दलितमा नरेश विक र महिलामा सन्तोषकुमारी शर्मा थापा उम्मेदवार बनेका थिए ।