डोटी जिल्ला कारागार कार्यालय का प्रमुख लालबहादुर बोगटी सम्मानित भएका छन् ।

निजामती कर्मचारी दिवसको अवसरमा कारागार व्यवस्थापन विभागले प्रशंसनीय कार्य गरेको भन्दै सम्मान गरेको छ ।
कारागार व्यवस्थापन विभागले प्रत्येक वर्ष उत्कृष्ट तथा राम्रो काम गर्ने कर्मचारीलाई सम्मान दिने गरेको छ । बोगटी कारागारको प्रमुख भएपछि सुधारका काम भएको र राम्रो व्यवस्थापन गरेको भन्दै सम्मान गरेको कारागार विभागले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशबाट सम्मानित हुनेमा बोगटी एक जना मात्रै हुन ।
