Badikedar Khabar

डोटीमा बँदेलको आक्रमणबाट एक जना घाइते , उपचारका लागि काठमाडौं रेफर

डोटी – डोटीमा बँदेलको आक्रमणबाट एक जना बालक घाइते भएका छन्। जिल्लाको आदर्श गाउँपालिका -४ हेन्नेकाँडाका दान बहादुर नेपालीका १५ वर्षीय छोरा गणेश नेपाली घाइते भएका हुन् ।

बिहीबार गाउँ नजिकैको जङ्गल ओणइजर भन्ने ठाउँमा गुरुबाख्रा चराउन गएका बेला बँदेलले आक्रमण गरेको प्रहरीले जनाएको छ।

बिहीबार उपचारका लागि दिपायल ल्याएका नेपालीको उपचार जिल्लामा सम्भब नभए पछि कैलाली पठाइएको थियो । कैलालीमा पनि उपचार सम्भव नभए पछि नेपालगन्ज लगिएको घाइते बालकका आफन्त रमेश नागरीले बताए । नेपालगन्जमा पनि उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको बताउँदै उनले घाइते बालकलाई काठमाडौं लग्ने तयारी भइरहेको बताए ।

बालकको खुट्टामा गम्भीर चोट लागेको छ। उनको खुट्टाको नसा चुँडिएकाे छ ।

याे पनि हेर्नुस्
Loading...