Badikedar Khabar

जिल्ला अस्पताल डोटीका कार्यालय सहयोगी मृत फेला

डोटी – डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका – ७ उडीतोलाका ४५ वर्षीय भक्त कोली मृत फेला परेका हुन् ।

जिल्ला अस्पताल डोटीमा कार्यालय सहयोगीका रुपमा कार्यरत उनी शुक्रबार बिहान मृत फेला परेका हुन् । अस्पताल प्रवेशद्वार गेट बाहिर उनको शव फेला परेको जिल्ला अस्पतालका प्रमुख वीरेन्द्र रावतले जानकारी दिए ।

उनी लामो समय देखि जिल्ला अस्पतालको पोस्टमार्टम कक्षमा शवको चिरफार गर्ने गर्दथेँ ।

याे पनि हेर्नुस्
Loading...