धनगढी, १४ माघ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १२१ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८७ नमुना परीक्षण गर्दा थप १२१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा १९ जना संक्रमित विरामीको उपचार भइरहेको छ । ती मध्ये चार जनाको आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए ।