Badikedar Khabar

डोटीको जनसंख्या घट्यो

चक्र मल्ल ,डोटी   ,राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार डोटीको जनसंख्या २ लाख ५ ,हजार ६ सय ६३ रहेको छ । २०६८ सालको जनगणना अनुसार डोटीको जनसंख्या ६ हजार ६३ ले घटेको तथ्याङ्कले देखाएको छ ।
२०६८ सालमा डोटीको जनसंख्या २ लाख ११ हजार ७ सय ४६ रहेको थियो । २०७८ को प्रारम्भिक नतिजा अनुसार महिला १लाख १० हजार ६ सय १७ र पुरुष ९५ हजार ६६ रहेको छ । डोटीमा पुरुष भन्दा महिलाको जनसंख्या १५ हजार ५ सय ५१ जना बढी देखाएको छ ।

२०७८ को प्रारम्भिक नतिजा अनुसार ३६ हजार ८ सय ६ घर संख्याको गणना गरिएको उल्लेख गरिएको छ । डोटीमा परिवार संख्या ४६ हजार १ सय रहेको जनाएको छ । डोटी को लैंगिक अनुपात ८५.९४ रहेको छ । परिवारको आकार ४.४६, जनघत्व १०२ रहेको छ । डोटीको बार्षिक बृद्धि दर ०.२८ प्रतिशत रहेको तथ्याङ्कमा सार्वजनिक भएको छ ।

सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसंख्या दिपायल सिलगढी नगरपालिकामा रहेको छ। त्यहाँको जनसंख्या ३६ हजार ९ सय ६ रहेको छ।यस्तै बडीकेदार गाउँपालिकाको जनसंख्या १५ हजार ७८, आदर्शगाउँपालीकाको जनसंख्या २४ हजार ९११ र बोगटान फुड्सिल गाउँपालिका को जनसंख्या १५ हजार ९१२ रहेको छ।

यस्तै जोरायल गाउँपालिकाको जनसंख्या २० हजार ३६४, सायल गाउँपालिकाको जनसंख्या २० हजार १२५, के,आइ सि गाउँपालिकाको जनसंख्या २० हजार ८३०, सायल गाउँपालिकाको जनसंख्या २०हजार १२५, पुर्वचौकी गाउँपालिकाको जनसंख्या २१ हजार २६३ र शिखर नगरपालिकाको जनसंख्या ३०हजार २९४रहेको छ ।

याे पनि हेर्नुस्
Loading...