Badikedar Khabar

कुश्मा कैरवीको ; चोखो प्रेमको सट्टामा छलछाम मिलेको हो

पहिले मुटुमा सजाउनुपर्छ अनि छुट्टिनु पर्छ ,, त्यसै कहाँ चिठ्ठी लाई खाम मिलेको हो?

तिम्रै यादहरुलाई सम्झिने काम मिलेको हो ।
मलाई तिनै यादमा अचेल आराम मिलेको हो ।।

केहि पाउनको लागि केहि गुमाउनु पर्दो रहेछ ।
मैले तिम्लाई गुमाएर पागलप्रेमी नाम मिलेको हो ।।

पहिले मुटुमा सजाउनुपर्छ अनि छुट्टिनु पर्छ ।
त्यसै कहाँ चिठ्ठी लाई खाम मिलेको हो ।।

अलि प्रहार त सहनुपर्छ निकास पाउनको लागि ।
अँध्यारो सहेर नै दिनलाई घाम मिलेको हो ।।

भन्न त भन्छौ तिमी तर कसरी बिर्सिन सक्ला ।
चोखो प्रेमको सट्टामा छलछाम मिलेको हो ।।

कसले भन्यो पैसामा प्राण बिक्दैन यहाँ ।
छोरो मरेर नै आमालाई दाम मिलेको हो।।

याे पनि हेर्नुस्
Loading...