Badikedar Khabar

सुदूरपश्चिम कलाकार संघको प्रथम अधिवेशन सम्पन्न

धनगढी : सुदूरपश्चिम कलाकार संघको प्रथम अधिवेशन सम्पन्न भएको छ । धनगढीमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा अम्बिका प्रसाद आचार्य सर्बसम्मत चयन भएका छन् ।

संघको उपाध्यक्षमा भुवनराज सर्मा, महिला उपाध्यक्षमा द्रोपती भट्ट (मेघा) उपाध्यक्षमा गणेस बहादूर सिहं, सचिवमा गुणाकर पनेरु, सह सचिवमा गोबिन्द मुखिया, कोषाध्यक्षमा कृष्णा सिराडी र सह कोषाध्यक्षमा राज चौधरी सर्बसम्मत चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा लक्ष्मी भट्ट, लिलाधर भट्ट र शुसिला बिक तिरुवा सर्बसम्मत चयन भएका हुन् । यस्तै संघको बरिष्ठ सल्लाहकारमा राजकुमार जोशी, सल्लाहकारमा नवराज रिमाल, कानुनी सल्लाहकारमा नाथुराम महतो चयन भएका हुन् ।

संघका केन्द्रिय उपाध्यक्ष दीपक जोशीको प्रमुख आतिथ्यता तथा बरिष्ठ कलाकार राजकुमार जोशीको बिषेश आतिथ्यतामा आयोजित प्रथम अधिवेशनले ११ सदस्यीय कार्य समिति र ३ जना सल्लाहकार समिति गरी १४ सदस्यीय प्रदेश समिति सर्बसम्मत चयन गरेको संघकी कोषाध्यक्ष कृष्णा सिराडीले जानकारी दिइन् ।

२०७५ सालमा गठन भएको कलाकार संघले सबै प्रदेश र जिल्लाका समिति गठन गर्ने कार्यलाई तिब्रता दिएसंगै आज सुदूरपश्चिम प्रदेश समिति गठन भएको संघका केन्द्रिय उपाध्यक्ष दीपक जोशीले बताए । संस्कृती संरक्षण, सम्बद्र्धन, र प्रबद्र्धनका लागी संघ गठन भएको बताउँदै जोशीले अब प्रदेश तथा जिल्लाहरुलाइपनि मजबुत बनाउने जानकारी दिए ।

याे पनि हेर्नुस्
Loading...