प्रकाश थापा
धनगढी कैलाली ,जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश धनगढी कैलालीमा मर्यादित अनुशासित र जिम्मेबार पत्रकारिता बनाउने विषय बमोजिमको ५ बुदे ज्ञापन पत्र बझाएको छ ।
सो ज्ञापन पत्र ग्रहण गर्दै पत्रकार महासंघ प्रदेशका सचिव हरी जोशीले ज्ञापन पत्रमा उत्ठान गरिएका विषयवस्तु सही र अहिलेको समय सान्दर्भिक भएको हुँदा आफ्नो निति निर्णयमा लागु गरीअगाडी बढ्ने यसमा सबै पत्रकार हरुले साथ दिनु पर्ने बताउनु भयो ।
ज्ञापन पत्र पेश गर्दै जनपत्रकार संगठन नेपालका प्रदेश अध्यक्ष प्रकाश थापाले पत्रकार महासंघ भनेको सबैको साँंझा संगठन भएकोले हामीले उठाएका एजेण्डालाई कुनै पुर्वाग्रह ढंगले नहेरी कार्याल्वयन गर्नु पर्ने बताए । साथै प्रदेश सचिव धर्म सिंह विकले यो प्रदेशभित्र पनि नेपाल सरकार र भारतिय सरकारको सुराकी भइ दलाली गर्ने पत्रकारलाई पत्रकार महासंघले तु कार्बाही गर्नु पर्ने जोड दिए ।
सो कार्यक्रमा प्रदेश अध्यक्ष प्रकाश थापा,सचिव धर्म सिंह विक,सदस्यहरु राजन जैगदी,पुस्पा साउँद र भरत दास लगायतको उपस्थिति थियो ।
साथै कैलाली,कञ्चनपुर,डडेल्धुरा र अछाम का जिल्लाहरुमा पनि जिल्ला समितिले नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुलाई ज्ञापन पत्र बुझाएको छ ।
सो ज्ञापन पत्र मा श्रमजीवी पत्रकारहरूको न्युनतम पारिश्रमिक,पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस पहल गरि साथै कोभिडका कारण रोजगार गुमाएका संचारकर्मीको पुर्नस्थापना,राहत र स्वास्थ्य उपचारका लागि पहल गरियोस । पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित गरियोस ।
नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस । महासंघलाई आत्मानिर्भर र स्वदेशी सहायताबाट संचालन गर्न पहल गरियोस । , समानुपातिक विज्ञापन प्राणालीलाई कार्यान्यवन गर्न संस्थागत पहल गरियोस ,पत्रकारहरुलागी तालिम र प्रशिक्षणको व्यवस्था लगाएतका मागहरु राखिएको छ ।