मिलन क्षेत्री बादल
गजल एकोहोरो माया जालमा कति पार्छौ यार
आफै तड्पाउँछौ आफै आँसु झार्छौ यार
श्रङ्गार बिना पो तिमी झन राम्री देखीन्छौ
राम्री हु भन्दै आफूलाई कति सिगार्छौ यार
तिमीलाई बुझ्न नसकेर जिन्दगी जाने भो
कहिले माया गर्छौ कहिले माया मार्छौ यार
तिम्रो मान्छे चाहेर पनि बन्न नसकेको हो
अतीत बुझ्नलाई किन कुरा निखार्छौ यार?
डोटि हाल साउदी अरेबिया