Badikedar Khabar

चक्र बमको आयो ‘गोरी मोटी’ भोजपुरी गीत सार्वजनिक

धनगढी। चक्र बमको प्रस्तुति रहेको ‘गोरी मोटी’ बोलको गीत सार्वजनिक गरिएको छ।

नेपाली गीत संगितमा फरक शैलीको गीत बनाएर छुट्टै पहिचान बनाउन सफल गायक चक्र बमको शब्द संगित र पुनिता प्रिया र चक्र बमको स्वर रहेको यस गीतमा केशव बडुको एरेन्ज र अजय कुमारको भोजपुरी शब्द अनुवाद रहेको यस गीतमा उमेश मुस्कान,कमल मगर र गोबिन्दले सामुहिक स्वर दिएका छन्।

सार्वजनिक गीतको भिडियोमा चक्र बम र मुस्कान चौधरीको मुख्य अभिनय रहेको छ भने उमेश मुस्कान र मनिष खड्काको समेत अभिनय देख्न सकिन्छ। गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन, मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको यस गीतलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्। सार्वजनिक गीतको भिडियोलाई चक्र बमको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

याे पनि हेर्नुस्
Loading...