गणेश मौनी
डोटी ,डोटीको मुख्य ब्यापारीक केन्द्रको रुपमा रहेको पीपल्ला बजारमा सशस्त्र प्रहरी बल नेपाल ३६ नम्बर हेडक्वाटर डोटीले सरसफाइ अभियान संचालन गरेको छ ।
खप्तडको मुख्य प्रवेशद्वार सफा र सुन्दर हाम्रो पीपल्ला बजार भन्ने नाराका साथ बजार सरसफाई गरिएको सशस्त्र प्रहरी बल नेपाल ३६ नम्बर हेडक्वाटर डोटीका सशस्त्र प्रहरी उपरीक्षक हर्क बहादुर बिस्टले बताए । उनले डोटीको मुख्य ब्यापारीक केन्द्र पीपल्ला बजारलाई स्वच्छ सफा राख्नु सबैको दायीत्व हो त्यसैले सबैलाई सक्रिय बनाई ब्यापारीहरु पनि स्वस्फुर्त रुपमा सरसफाई गर्नमा सक्रिय हुन भन्ने हेतुले अभियान संचालन गरेको सशस्त्र प्रहरी उपरीक्षक बिस्टले बताए ।
सशस्त्र प्रहरीले डोटीका मुख्य धार्मिक स्थलहरु शैलेश्वरी मन्दिर, सालमोनी मन्दिर, पीपल्ला बजारमा रहेको भगवती मन्दिर लगाएतका सार्वजनिक स्थलहरुको सरसफाइ नियमीत गर्दै आईरहेको छ भने विभिन्न सामाजिक चेतनामुलक अभियानमा समेत सहभागिता जनाउने गरेको पाइन्छ ।
पछील्लो समयमा कोरोनाकहर र भाईरल जरोका बिरामीहरु दिनानु दिन बढीरहेको अवस्थामा बजार घरआगन सरसफाइ हुन अति महत्वपूर्ण भएकाले बजार सरसफाइमा ब्यापारीहरु पनि सहभागि भएको डोटी उद्योग बाणिज्य संघ डोटीका महासचिब दिपक बहादुर खड्काले बताए ।
बजार सरसफाई अभियानमा डोटी उद्योग बाणिज्य संघ, नेपाल प्रहरी, टाफ्रिक प्रहरी, होटल ब्यवसायी, नगरपालिकाका जनप्रतिनीधीहरु लगाएको सहभागिता रहेको थियो ।