धनगढी, १५ माघ । प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा पत्रकारलाई मास्क वितरण गरिएको छ । १८ औं स्थापना दिवसको अवसर पारेर प्रेस सेन्टर कैलालीले धनगढीमा कार्यरत पत्रकारलाई मास्क वितरण गरेको हो ।
पत्रकारले अग्रपङ्तिमा खटेर काम गर्ने भएकाले कोरोना महामारीबाट जोगिन सहयोग पुग्ने उद्देश्यका साथ आफ्नो संगठनको स्थापना दिवसको अवसरमा मास्क वितरण गरिएको प्रेस सेन्टरका कैलाली अध्यक्ष तेजराज भट्टले बताए । अग्रपङ्तिमा खटेर काम गर्नु पर्ने कारण पत्रकार संक्रमणको बढी जोखिममा रहेका छन् ।