Badikedar Khabar

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरु

१५ माघ, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक फेरि शुरु भएको छ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक पुन: बसेको हो । यसअघि नेताहरुले शनिबार विहान पनि छलफल गरेका थिए ।

साँझ शुरु भएको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन् ।

याे पनि हेर्नुस्
Loading...