गणेश मौनी
माघ १५ डोटी , १६ औ राष्ट्रिय स्वयंसेबी रक्तदाता दिवसको अबसरमा डोटीमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
‘रगत र रत्ततत्वहरु आवश्यकताअनुसार उपलब्ध हुन जती जरुरी छ त्यो भन्दा बढी यसको यथोचित ब्यवस्थापन गर्न अति आवश्यक छ ’ भन्ने मुल नाराका साथ डोटीमा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको नेपाल स्वयंसेबी रक्तदाता समाज डोटीका अध्यक्ष सुसील धर्तिले बताए ।
उनले भने आजको कार्यक्रममा ४ जनाले रक्तदान गर्नुका साथै केही ब्यक्तिहरुले रक्तदान गर्ने प्रतिबद्धता जनाएको समेत अध्यक्ष धर्तिले बताए ।
रक्तदान नै जिबन दान हो त्यसैले कुनैपनि ब्यक्ती स्वस्थ रहन रक्तदान गर्नु आवश्यक रहेकोले रक्तदान गर्न चाहाने ब्यक्तिले सम्पर्क गर्न समेत अध्यक्ष धर्तिले जानकारी गराएका छन् ।
नेपाल रेडक्रस डोटीको कार्यालयमा भएको रक्तदान कार्यक्रममा रेडक्रसमा कार्यरत प्रकाश केशी, राष्ट्रिय बाणीज्य बैंकमा कार्यरत उत्तम खड्का, डोटी बहुमुखी क्याम्पसमा कार्यरत फणेन्द्र साउद र पद्म पब्लीक मुुक्ती नारायणमा कार्यरत पदम पाठकले रक्तदान गरेको आयोजक संस्थाले जनाएको छ ।
रक्तदान कार्यक्रममा डोटी शाखाका पदाधीकारी, स्वास्थ्य कर्मि, नागरिक समाज, पत्रकार, राजनितीकदल समेतको सहभागिता रहेको थियो ।