Badikedar Khabar

प्रेस सेन्टरको १८ औँ स्थापना दिवस मास्क वितरण

डोटी :    प्रेस सेन्टर नेपाल डोटीले निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम गरेको छ ।

शनिवार प्रेस सेन्टर नेपालको १८ औँ स्थापना दिवसलाई डोटी शाखाले जिल्ला सदरमुकाम सिलगढी क्षेत्रमा मास्क वितरण गरी मनाएको हो । दिन प्रतिदिन कोरोना भाइरसको दर बढिरहेकोले भौतिक उपस्थितिमा गरिने कार्यक्रमले कोरोनाको जोखिम बढ्ने भएका कारण निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम गरेको प्रेस सेन्टर नेपाल डोटी शाखा अध्यक्ष रोजेन्द्र जोशीले बताए ।

प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश मुख्य सचिव कर्ण चन्दले कार्यक्रमको शुभारम्भ गर्दै ऐतिहासिक जिम्मेवारी निर्वाह गर्दै रक्तरन्जीत इतिहास बोकेको क्रान्तिको नेतृत्व गर्दै हाल आम नागरिकका आवाज बोल्दै शान्ति रूपान्तरण विकास र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पहरेदार सङ्गठन प्रेस सेन्टर नेपालमा आबद्ध सम्पूर्णमा शुभकामना दिए ।

जिप्रका, शैलेश्वरी क्षेत्र लगायतका ठाउँमा स्थानीयलाई मास्कको सही प्रयोग बारे सजक गराउँदै मास्क वितरण गरिएको र भोलि पनि मास्क वितरण गरिने प्रेस सेन्टर नेपाल डोटी उपाध्यक्ष लक्ष्मी खड्काले बताइन् ।

जनयुद्धको केन्द्र बिन्दु रोल्पाको थवाङमा क्रान्तिको सञ्चार परिर्बतनको बिगुल फुक्नका लागी आज कै दिन (तत्कालीन क्रान्तिकारी पत्रकार सङ्घ) प्रेस सेन्टर नेपाल स्थापना भएको थियो । आज प्रेस सेन्टर नेपाल स्थापना भएको १७ वर्ष पुरा भएको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिएको छ ।

याे पनि हेर्नुस्
Loading...