Badikedar Khabar

जेसिज डोटीको अध्यक्षमा कठायत

डोटी– डोटी जेसिजको अध्यक्षमा जेसी गणेश बहादुर कठायत निर्वाचित भएका छन् । नवौं शाखा अधिवेशनबाट वर्ष २०२२ को नेतृत्वको लागि अध्यक्षमा कठायत निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

शनिबार दिपायलमा भएको अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा जेसी रोशन कठायत र प्रविण उपाध्याय चयन भएका छन् । शाखाको महा–सचिवमा रोशन कठायत, सचिवमा भरत बहादुर बम, कोषध्यक्षमा कृष्ण बहादुर धामी निर्विरोध चयन भएका हुन् । कानुनी सल्लाहकारमा हिक्मत बहादुर साउँद चयन भएका छन् भने सह–सचिवमा भरत कठायत चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा डिल्लीराज जोशी, किरण विष्ट, हरी भण्डारी र शंकर बोगटी चयन भएका छन् ।  शाखाको सह– कोषध्यक्षमा योगेन्द्र रावतलाई चयन गरिएको छ ।

जेसी गणेश बोहरालाई संगठन विभाग प्रमुख, शंकर बिकलाई संघ संस्था विभाग प्रमुख, अमर बहादुर खड्कालाई तालिम विभाग प्रमुख र सविन रोकायालाई शिक्षा विभाग प्रमुखमा चयन गरिएको छ । अन्य रिक्त विभाग र कार्यसमिति मनोनित गरिने डोटी जेसिजले जनाएको छ ।

डोटी जेसिजका निवर्तमान (वर्ष २०२१) का अध्यक्ष विजयराज ओझाको अध्यक्षतामा आयोजित अधिवेशनको उद्घाटन डोटी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खेमराज भण्डारीले गरेका थिए । डोटी जेसिजका पूर्व अध्यक्ष रघु कठायत विशिष्ठ अतिथि रहेको उक्त कार्यक्रममा पत्रकार महासंघका सचिव पवन महरा, विद्यार्थी नेता लोकेन्द्र भण्डारी लगायतको सहभागिता रहेको थियो ।

याे पनि हेर्नुस्
Loading...