१ ,अझै छन् सपना अधूरा सम्झिदै होलान् ।
देश बेचुवा नेताका कुरा सम्झिदै होलान् ।।
कसरी बलि दिएर बचाएको हो सहिदले ।
भएन भनेर बलिदान पूरा सम्झिदै होलान् ।।
मुक्तक
२ ,सहिदको त्यागले जनतालाई हित मिलेको दिन ।
निरङ्कुश माथि हामीलाई जित मिलेको दिन ।
हो आजै हो माघ सोह्र गते सहिद दिवस ।
नेपालीलाई स्वतन्त्रताको गीत मिलेको दिन ।।