Badikedar Khabar

विधिको शासन स्थापना गर्न जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै शहीद मुलुकका सच्चा सपूत हुन् :सभापति सिंह

 डोटी १६ गते – मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्न जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै शहीद मुलुकका सच्चा सपूत भएका नेपाली काङ्ग्रेस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले बताएका छन् ।

सहिद दिवसका अवसरमा आइतबार जिल्ला अस्पताल डोटीका बिरामीहरुलाई फलफूल वितरण कार्यक्रम बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले भने,´आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौँ, राज्यको सबै तह र संरचनामा आम नागरिकको जे–जस्तो पहुँच स्थापित हुनसकेको छ,जे–जस्तो शासकीय व्यवस्थाबाट मुलुकलाई अघि बढाइरहेका छौँ त्यो सबै सहिदहरूको योगदानबाट नै सम्भव भएको हो”। उनले थपे ,´शहीदले आम नागरिक बनाउन, मुलुकमा राजनीतिक सामाजिक परिवर्तन ल्याउन तथा नागरिकलाई स्वतन्त्र र अधिकारसम्पन्न तुल्याउन गरेको उच्च योगदानको सिंहले कदर गरेका छन् ।

उनले विसं २००७ को आन्दोलनमा मुलुकमा प्रजातन्त्र स्थापना गर्न ज्यानको आहुति दिने महान् शहीद दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठदेखि विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनमा आफ्नो अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदमा श्रद्धासुमन अर्पण गरेका छन् ।

यस दिवसले शहीदहरूले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिँड्न तथा उनीहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत सभापति सिंहले गरेका छन् । फलफूल वितरण कार्यक्रममा नेताकार्यकर्ताहरुको उपस्थिति रहेकोे थियो ।

याे पनि हेर्नुस्
Loading...