कैलाली ,कैलालीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका-६ कोली कटानका १९ वर्षीय सागर कोली झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आइतबार राति उनी आफनै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।