धनगढी, १७ माघ/कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ का जेष्ठ नागरिक र एक महिलालाई न्यानो कपडा (व्ल्याङकेट) बितरण गरिएको छ ।
चुची फाउन्डेसनको सहयोग तथा नेपाल परिवार दलका सुदूरपश्चिम संयोजक खडक नागरीको पहलमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ का २५ जना जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा (व्ल्याङकेट) बितरण गरिएको हो । यस्तै, कैलालीको धनगढीमा पनि २० थान न्यानो कपडा (व्ल्याङकेट) बितरण गरिएको छ ।
नेपाल परिवार दलका केन्द्रीय सदस्य शंकर ढकाल र सुदूरपश्चिम संयोजक खडक नागरीको पहलमा जेष्ठ नागरिकलाई २० थान न्यानो कपडा (व्ल्याङकेट) बितरण गरिएको हो । धनगढी उपमहानगरपालिका–५, हसनपुरमा एक कार्यक्रमको आयोजना गरी न्यानो कपडा (व्ल्याङकेट) बितरण गरिएको हो ।